14:28:45 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

निर्वाचन जानकारी अब फोनमै: आयोगले सुरु गर्‍यो टोल फ्री हेल्पलाइन

काठमाडौँ : मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासालाई निःशुल्क रूपमा समाधान गर्ने उद्देश्यसहित निर्वाचन आयोगले आजदेखि ‘कल सेन्टर’ सेवा शुभारम्भ गरेको छ।

निर्वाचनसम्बन्धी कुनै जानकारी लिन वा जिज्ञासा राख्न चाहने मतदाताले टोल फ्री नम्बर ११०२ मा सम्पर्क गर्न सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार ‘कल सेन्टर’मा हाल छ वटा डेस्क स्थापना गरिएको छ, जहाँबाट एकै समयमा मतदाताका प्रश्नहरूको उत्तर प्रदान गरिनेछ। कामको चाप बढेमा डेस्क संख्या थप्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ।

‘कल सेन्टर’मा पहिलो फोन गण्डकी प्रदेशबाट आएको थियो। फोन गर्ने व्यक्तिले यसअघि नै प्रकाशित भइसकेको लोकसेवा आयोगको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित हुन्छ कि हुँदैन भन्ने जिज्ञासा राखेका थिए। त्यसमा ‘कल सेन्टर’का अधिकारीहरूले पहिले नै तय भइसकेका परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित नहुने स्पष्ट जवाफ दिएका थिए।

आयोगका अनुसार ‘कल सेन्टर’ बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिनका लागि यो सेवा आजदेखि सुरु भई निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र नदिइएसम्म सञ्चालनमा रहनेछ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal