14:28:45 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै काठमाडौंमा रात्रिकालीन व्यवसायमा रोक

काठमाडौँ। यही फागुन १८ गतेदेखि मतदानको दिन २१ गते सम्म काठमाडौँमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरेको जनाएको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार राति ९ बजेपछि कुनै पनि प्रकारका व्यवसाय सञ्चालन गर्न पाइने छैन।

‘अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्ने र तत्पश्चात सम्पूर्ण व्यवसाय बन्द गर्न/गराउन सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराइन्छ,’ सूचनामा उल्लेख गरिएको छ।

प्रशासनले सबै व्यवसायी तथा सरोकारवालाहरूलाई सूचनाको पालना गर्न आग्रह गरेको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal