14:34:16 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

मन्त्रीहरूलाई राजीनामा दिन एमालेको निर्देशन


​
काठमाडौ। ​बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूलाई सरकारबाट राजीनामा दिएर बाहिरिन निर्देशन दिइएको छ। नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता गठबन्धनमा दरार पैदा भएपछि एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारमा सहभागी मन्त्रीहरूलाई तत्काल राजीनामा दिन निर्देशन दिनुभएको हो।


​संसदीय दलका नेता थपलियाका अनुसार मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष आफ्नो राजीनामा बुझाउने तयारी गरिरहेका छन्। राजनीतिक परिस्थितिबारे स्पष्ट पार्दै नेता थपलियाले भन्नुभयो अहिलेको बदलिएको सत्ता राजनीतिको परिस्थितिमा कांग्रेस गठबन्धनमा रहन नचाहेको बुझियो। प्रस्तुत अवस्थामा एमाले गठबन्धनमा जबरजस्त बसिरहन नपर्ने निष्कर्ष सहित मन्त्रीहरूलाई राजीनामाको निर्देशन दिएको हो।
​

सरकारमा एमालेको स्थिति
​हाल बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट ६ जना मन्त्रीहरू सहभागी छन्। मुख्यमन्त्री बानियाँको नेतृत्वमा हालै प्रदेशका १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गरिएको थियो। साउन १ गतेदेखि लागू भएको उक्त निर्णय अनुसार ८ जना मन्त्रीलाई विभागीय जिम्मेवारी दिइएको छ भने बाँकी ६ जनालाई विना विभागीय मन्त्रीका रूपमा राखिएको छ।
​एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूको विवरण यस प्रकार छ।

मन्त्रीको नाम मन्त्रालय
मधुसूदन पौडेल कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री, बिन्दु श्रेष्ठउद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री, डा. दिनेशचन्द्र देवकोटाभौतिक पूर्वाधार विकास मन्त्री, किरण थापा मगरविना विभागीय मन्त्री,जयराम श्रेष्ठविना विभागीय मन्त्री, भरत बहादुर केसीविना विभागीय मन्त्री


केन्द्रको सत्ता समीकरण र दलहरूबीचको आन्तरिक कलहका कारण प्रदेश तहमा पनि गठबन्धन भत्किने क्रम सुरु भएसँगै बागमती प्रदेश सरकारको भविष्यलाई लिएर नयाँ राजनीतिक तरंग पैदा भएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal