15:11:22 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

निर्वाचनबाट भाग्न भ्रम फैलाउनु अनुचित: गृहमन्त्री अर्याल

पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भन्ने आशयका भ्रम फैलाउनु लोकतन्त्रलाई कमजोर बनाउने काम भएको बताएका छन्। पोखरामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले विधिको शासन र स्वतन्त्र निर्वाचन लोकतन्त्रका अभिन्न अंग भएको स्पष्ट पारे।

उनले निर्वाचनबाट भाग्ने प्रवृत्ति र निर्वाचनबारे आशंका सिर्जना गर्ने गतिविधि कुनै पनि हालतमा न्यायोचित नहुने बताए। “लोकतन्त्रको आधार विधिको शासन र स्वतन्त्र निर्वाचन हो। निर्वाचन हुँदैन भनेर भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम स्वीकार्य हुँदैन,” उनले भने।

गृहमन्त्री अर्यालले लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा औंल्याउँदै ती विषयमा सरकार र गृह प्रशासन सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए। राजनीतिक दलहरूले उठाएका सुरक्षा सम्बन्धी चिन्तालाई सम्बोधन गर्न गृह मन्त्रालय निरन्तर लागिरहेको उनले बताए।

दलहरूसँगको वार्ता र संवादमा सरकार जिम्मेवार, संवेदनशील र उत्तरदायी रहेको उल्लेख गर्दै उनले वार्ता, संवाद र छलफलका लागि सरकार सधैं खुला रहेको स्पष्ट पारे।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal