14:31:18 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

उद्धार गरिएका नागरिकलाई होटलमा अस्थायी आवास दिन तयार: व्यवसायी संघ

काठमाडौं। होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशले जोखिमयुक्त क्षेत्रबाट उद्धार गरिएका नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।


संघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंको थापाथली लगायत विभिन्न स्थानबाट उद्धार गरिएका नागरिकहरूलाई अस्थायी आश्रय (बसोबास) उपलब्ध गराउन आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिएको हो।

संघका अध्यक्ष दामोदर नेपालले संस्थाले आफ्नो संस्थागत गतिविधिसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको उल्लेख गर्दै हालको अवस्थामा प्रभावित नागरिकहरूको व्यवस्थापनमा सहयोग गर्न तयार रहेको बताए।

विज्ञप्तिमा बागमती प्रदेश अन्तर्गत काठमाडौं जिल्लाभित्र रहेका विभिन्न इकाईमा आवद्ध होटलहरूसँग समन्वय गरी आवश्यक परे अस्थायी आवासको व्यवस्था मिलाउन सकिने जनाइएको छ।

संघले उद्धार गरिएका नागरिकहरूको सुरक्षा र तत्काल आवश्यक आधारभूत सेवाहरूलाई प्राथमिकतामा राख्दै व्यवस्थित रूपमा आवास उपलब्ध गराउने स्पष्ट प्रतिबद्धता जनाएको छ।

यस कार्यका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय गरी प्रभावकारी व्यवस्थापन गर्न संघ सहकार्यका लागि तयार रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal