15:11:23 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

शान्ति समझदारी अब समाप्त, वार्ता समयको बर्बादी: ट्रम्प


काठमाडौं। अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्बन्धी समझदारीपत्र (एमओयू) अब प्रभावहीन भएको विश्वास व्यक्त गरेका छन्। नाटो शिखर सम्मेलनमा बोल्दै उनले इरानसँग थप कूटनीतिक वार्ता गर्नु ‘समयको बर्बादी’ हुने टिप्पणी गरेका हुन्।


ट्रम्पको भनाइ अमेरिकी सैन्य लक्ष्यमा इरानले जवाफी आक्रमण गरेको दाबी सार्वजनिक भएपछि आएको हो। उनले इरानले स्ट्रेट अफ हर्मुज क्षेत्रमा व्यावसायिक जहाजहरूलाई निसाना बनाएर युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै इरानलाई ‘धोकेबाज खेलाडी’को संज्ञा दिए।


उनले अमेरिका अब इरानसँगको वार्ताभन्दा आफ्ना प्राथमिक काममा केन्द्रित हुने बताउँदै इरानी नेतृत्वप्रति कडा आलोचना गरे।
उता अब्बास अराघचीले अमेरिकाले सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन्।

उनले अमेरिकी हमला, इरानी तेलमाथिको प्रतिबन्ध र क्षेत्रीय तनावका कारण सम्झौताका आधारभूत पक्ष निष्प्रभावी बनेको दाबी गर्दै इरान आफ्नो राष्ट्रिय सुरक्षा र सम्प्रभुताको रक्षाका लागि आवश्यक सबै कदम चाल्न तयार रहेको बताएका छन्।


अराघचीले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाबाट इरानमाथि कुनै आक्रमण भए त्यसको स्रोतलाई नै निशाना बनाइने चेतावनीसमेत दिएका छन्। यससँगै वासिङ्टन र तेहरानबीचको सम्बन्ध थप तनावपूर्ण बनेको विश्लेषण गरिएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal