14:29:14 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

आईसीसी टि–२० विश्वकप २०२६ को ट्रफी नेपाल आउने

काठमाडौँ, १६ पुस — भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम अन्तर्गत विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याइने भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज जारी गरेको विज्ञप्तिअनुसार विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा रहनेछ। प्रतियोगिता आगामी फेब्रुअरी ७ तारिखदेखि सुरु हुँदैछ।

क्यानका अनुसार ट्रफी टुर कार्यक्रमको विस्तृत तालिका, स्थान र गतिविधिहरू सम्बन्धी जानकारी अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिनेछ।

नेपाल टि–२० विश्वकप २०२६ मा समूह ‘सी’ मा परेको छ। नेपालको समूहमा
इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश रहेका छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal