15:15:48 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ, १७ पुस — काठमाडौँ उपत्यकाका सडक तथा नदी–खोला किनारमा बसोबास गर्ने नागरिकहरूले खोला तथा नदी मापदण्ड खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

बुधबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरूले मापदण्डलाई “गैर–न्यायिक” र “अन्यायपूर्ण” भन्दै नाराबाजी गरेका थिए।

साँचल सङ्घर्ष समिति, विष्णुमति करिडोर (चमति) तदर्थ समिति, संयुक्त खोला मापदण्ड प्रभावित सङ्घर्ष समिति तथा बागमती–मनोहरा सरोकार समितिको संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो।

प्रदर्शनकारीहरूले नदी संरक्षण आवश्यक भए पनि हाल लागू गरिएको मापदण्डका कारण परामर्श, क्षतिपूर्ति र वैकल्पिक व्यवस्थाबिना नागरिकलाई विस्थापित गरिँदै आएको आरोप लगाए।

सर्वोच्च अदालतले नदी किनारबाट दायाँबायाँ २०–२० मिटर क्षेत्र खाली राख्नुपर्ने आदेश दिएको थियो। सो निर्णयले घना बस्ती भएका सहरी क्षेत्रको यथार्थ र लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको अधिकारलाई बेवास्ता गरेको भन्दै त्यसको खारेजीको माग गरिएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal