15:15:47 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

एसीसी महिला प्रिमियर कपः नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित

काठमाडौँ। एसीसी महिला प्रिमियर कपअन्तर्गत शनिबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।

नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो। भुटानका लागि डेचेन वाङ्मोले ६९ बलमा ३९ रन बनाएर एक्लो संघर्ष गरे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल सुरुआतमै दबाबमा परेको थियो। ६७ रनमै ७ विकेट गुमाएको अवस्थामा अनुभवी खेलाडी सीता रानामगर र रुबिना क्षेत्रीले आठौँ विकेटका लागि ४० रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ उकासे।

सीताले २८ बलमा ३७ रनको उत्कृष्ट इनिङ्स खेलिन् भने रुबिनाले २१ बलमा २४ रन योगदान दिइन्। उनीहरूको साझेदारीकै बलमा नेपालले निर्धारित २० ओभरमा ११३ रन बनायो।

बलिङतर्फ पनि नेपालले प्रभावशाली प्रदर्शन गर्‍यो। रुबिना क्षेत्रीले १५ रन खर्चेर ३ विकेट लिइन् भने रिया शर्माले २० रन दिएर २ विकेट हात पारिन्।

यो जितसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो सफलता हासिल गर्दै आफ्नो अभियानलाई थप मजबुत बनाएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal