14:28:41 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

कम्युनिस्ट एकताका लागि विप्लवलाई आत्मसमीक्षाको आह्वान

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक अवस्था असहज र संवेदनशील रहेको भन्दै कम्युनिस्ट शक्तिहरू विभाजित रहे स्थिति थप जटिल हुन सक्ने चेतावनी दिनुभएको छ। उहाँले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई आत्मसमीक्षा गरेर बृहत् कम्युनिस्ट एकतामा सहभागी हुन खुला आह्वान गर्नुभएको हो।


बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा विप्लव समूह त्यागेका नेताहरूलाई नेकपामा समायोजन गराउँदै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनः एकीकृत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “यो कुनै आवेगको निर्णय होइन, राष्ट्र असाधारण परिस्थितिमा छ। यस्तो बेला कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर शक्ति निर्माण गर्नु आवश्यक छ।”


उहाँका अनुसार समाजवादी मोर्चाको अवधिमा विप्लव पक्षसँग एकताको पहल अन्तिम चरणसम्म पुगेको थियो। तर जेनजी आन्दोलन पछि विप्लव नेतृत्व वैचारिक अन्योलमा फसेको उहाँको विश्लेषण थियो। “मुख्य नेतृत्व नै भुमरीमा परेको देखियो। हामीले आत्मसमीक्षा गरेर एकताको बाटो समातेका छौं, ” प्रचण्डले भन्नुभयो।


विप्लव पक्षलाई लक्षित गर्दै उहाँले “वास्तविक राजनीतिक घर यही हो” भन्दै बाहिर भौतारिँदा उपलब्धि नहुने संकेत गर्नुभयो। आत्मसमीक्षा गरेर एकतामा आए सम्मानपूर्वक स्वागत गरिने पनि उहाँले स्पष्ट पार्नुभयो।


प्रचण्डले देशव्यापी अभियानको तयारी भइरहेको उल्लेख गर्दै अन्य कम्युनिस्ट घटकहरूलाई समेत एकताको प्रक्रियामा जोडिन आग्रह गर्नुभयो। कार्यक्रममा विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकालसहित केही नेताहरू नेकपामा प्रवेश गरेका थिए।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal