17:10:42 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने भेलालाई कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।

स्वास्थ्य उपचारका लागि करिब पाँच महिना विदेशमा रहेका देउवा साउन २८ गते दिउँसो काठमाडौं फर्किएका थिए। स्वदेश फर्किएपछि कांग्रेस नेता तथा कार्यकर्ताले उनको भव्य स्वागत गरेका थिए।

इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार राष्ट्रिय भेलाको बन्दसत्र साउन ३० र ३१ गते आयोजना हुनेछ। बन्दसत्रमा पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण, आगामी रणनीति तथा समसामयिक राजनीतिक विषयमा विषयगत छलफल हुने बताइएको छ।

भेलाबाट कांग्रेसको नयाँ नीति तथा कार्यक्रम तय गर्ने तयारीसमेत गरिएको इतर समूहका नेताहरूले बताएका छन्। पार्टीभित्र बढ्दै गएको आन्तरिक मतभेद, संगठन विस्तार र आगामी राजनीतिक रणनीतिबारे पनि भेलामा छलफल हुने अपेक्षा गरिएको छ।

इतर समूहले राष्ट्रिय भेलामा देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता हुने अनुमान गरेको छ। भेलालाई पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था र आगामी दिशाबारे धारणा निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal