17:09:49 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

कोलम्बियामा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या १८१ पुग्यो

काठमाडौं। कोलम्बियामा गएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य जारी रहेको छ। उद्धारकर्मीहरू भग्नावशेषमा फसेका मानिसको खोजी तथा उद्धारका लागि दिनरात खटिरहेका छन्।

सरकारी तथ्यांकअनुसार भूकम्पमा परी हालसम्म १८१ जनाको मृत्यु भएको पुष्टि भएको छ। यद्यपि स्थानीय अधिकारीहरूले उपलब्ध गराएको तथ्यांकसमेत जोड्दा मृतकको संख्या २४० भन्दा बढी हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पबाट काली र पेरेरा सहर सबैभन्दा बढी प्रभावित भएका छन्।

गत सोमबार बिहान ७ः३४ बजे ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। यसको धक्का पश्चिमी कोलम्बियाका सयौं माइल टाढासम्म महसुस गरिएको थियो। मंगलबार पनि लगातार परकम्पहरू महसुस भएका थिए।

राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले देशमा आपत्काल घोषणा गरेका छन्। मंगलबार प्रभावित पेरेरा सहर पुगेका उनले करिब २ हजार ६ सय जना घाइते भएको र झन्डै २ सय जना अझै बेपत्ता रहेको जानकारी दिएका छन्।

भूकम्पका कारण १ हजार १ सयभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ८ हजारभन्दा बढी घरमा क्षति पुगेको सरकारी तथ्यांक छ। घर भत्किने जोखिमका कारण प्रभावित क्षेत्रका धेरै मानिसले सोमबार राति खुला आकाशमुनि रात बिताएका थिए।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal