14:29:41 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

जेन-जी एजेन्डाकाे नेतृत्व माओवादीले गर्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्डले देशको जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न माओवादी केन्द्र प्रतिबद्ध रहेको बताएका छन् ।
गोरखामा आज जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनले उठाएका विषयहरू हामीले संविधानसभा चुनावदेखि नै उठाउँदै आएका र अब ती मुद्दा पूरा गर्न हाम्रो पहल रहने छ।

कार्की सरकारबारे आफ्नो धारणा राख्दै प्रचण्डले भने ओलीको सिफारिसमा बनेको अन्तरिम सरकारप्रति हामीले पनि समर्थन जनाएका हौं । जेनजी हाम्रा उत्तराधिकारी हुन् र हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ।

सबै पार्टीका भ्रष्ट कार्वाहीमा पर्नु पर्छ: स्मृति तिमल्सिना

आजै रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) निकट जेन—जी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले सबै दल भित्र रहेको भ्रष्टाचार छानबिन गर्न सरकारसँग माग गरेकी छन्।

काठमाडौंकाे भृकुटीमण्डपमा रहेको उक्त क्लबमा आफ्ना रेडफोर्सका एजेण्डा सार्वजानिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन्। तिमल्सिनाले माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको छ भने सरकारले छानबिन गर्नुपर्ने बताइन्।

जेनजी रेडफोर्स भ्रष्टाचारविरुद्ध शंखनाथ गरेर आवाज उठाउँछ। रेडफोर्सले देशका कुनै पनि भ्रष्टाचार सहने छैन,’ तिमल्सिनाले भनिन् । जेन—जी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रीपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने र सबै भ्रष्टाचारको छानबिन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व तथा पदाधिकारीहरु खुला प्रतिष्पर्धाबाट हुनुपर्ने, उच्चपदस्थ सबै व्यत्तिहरुको सम्पती छानबिन हुनुपर्ने, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुनुपर्ने, बन्द अवस्थामा लगायका उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने लगायतका माग अगाडी सारेको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal