14:28:54 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

संघीय मध्यावधि निर्वाचनअघि नेकपा बाराद्वारा उम्मेदवार सूची सार्वजनिक

बारा, नेपाल — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बारा जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने संघीय मध्यावधि निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको अन्तिम तथा पुष्टि भएको सूची सार्वजनिक गरेको छ।

पार्टीले बारा जिल्लाका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र समेट्दै प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरू तय गरेको हो। उम्मेदवार छनोट गर्दा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न क्लस्टर प्रणालीलाई आधार बनाइएको नेकपा बारा जिल्ला कमिटीले जनाएको छ।

जिल्ला कमिटीका अनुसार, यसअघि प्रत्यक्षतर्फ सिफारिस गरिएका

  • क्षेत्र नम्बर १ की कमरेड विभा कुमारी कार्की र
  • क्षेत्र नम्बर ४ की कमरेड कमला कुमारी रिमाल

लाई समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत खस आर्य क्लस्टरमा उम्मेदवारका रूपमा अन्तिम रूपले कायम गरिएको छ।

पार्टीले उम्मेदवार सूचीलाई केन्द्रीय नेतृत्वबाट अनुमोदन भइसकेपछि अन्तिम मान्दै पुष्टि गरेको जनाएको छ। आगामी निर्वाचनमा संगठन सुदृढीकरण र जनताको विश्वास जित्ने लक्ष्यसहित मैदानमा उत्रने पार्टीको तयारी रहेको बताइएको छ।

उमेदवार नामहरु:
Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal