14:28:54 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

सिन्धुली-२ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट महेश्वर दाहाल प्रत्यक्ष प्रतिनिधि सिफारिस

सिन्धुली। नेपाली कम्युनिस्ट पार्टी सिन्धुलीले प्रेस सेन्टरका संस्थापक अध्यक्ष तथा बरिष्ठ पत्रकार महेश्वर दाहाललाई सिन्धुली जिल्ला क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फ सिफारिस गरेको छ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल सहितलाई सिफारिस गरिएको यो क्षेत्रमा दाहाललाई समेत सिफारिस गरिएको हो।

राजनीति र पत्रकारिता क्षेत्रमा सरल, सालिन र भद्र स्वभावका रुपमा चिनिएका दाहालकाे सो क्षेत्रमा वैचारिक एवं सादगी चरित्र स्थापित छ।

अघिल्लाे निर्वाचनमा विजेता लेखनाथ दाहाललाई उक्त पार्टीले क्षेत्र नम्बर- १ बाट निर्वाचन लड्न सिफारिस गरेको छ। उनलाई पार्टीले क्षेत्र नम्बर-१ मा सिफारिस गर्नुको उद्देश्य, पछिल्ला राजनीतिक चुनौतीबिच सिन्धुलीमा नेकपालाई अविच्छिन्न किल्ला बनाउने सोचले उम्मेदवारमा सिफारिस भएका हुन।

श्रोतका अनुसार पार्टी संयोजक प्रचण्ड भने अहिले सिन्धुलीमा चुनाव लड्ने पक्षमा नभएको बताइन्छ। तर थुप्रै नेपाली कम्युनिस्ट पार्टीका जिल्ला समितिले उनलाई आ–आफ्नै क्षेत्रबाट चुनाव लड्न सिफारिस गरेका छन्।

माओवादीका तत्कालीन उप महासचिव हरिबोल गजुरेलले भने चुनावमा नयाँलाई सहयोग गरेर केही अपवाद बाहेक पूर्व सांसदले आफ्नो अनुभव तथा तागतलाई अब समाजवादी दिशामा लगाउनुपर्ने मत जाहेर गरिरहेका छन्।

हरिवाेल गजुरेलकाे याे भनाइले नेता महेश्वर दाहाललाई थप बलियो बनाएको श्रोत बताउछ। महेश्वर दाहाल उक्त पार्टीका पुराना मात्र होइनन्, बैचारिक युवा नेतृत्व समेत हुन् ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal