15:26:59 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

बाढी उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता

काठमाडौं। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार खोज तथा उद्धारका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा मृतकका परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।

सरकारले भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत अभियानमा खटिएका सुरक्षाकर्मी र कर्मचारीको जोखिमलाई ध्यानमा राख्दै उक्त सुविधा दिने निर्णय गरेको हो।

Share Now
Facebook Messenger WhatsApp X Email
CNM Nepal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal