15:16:13 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

पत्रकार महासंघ काठमाडौं शाखाले सम्झियो पूर्व सभापति होमनाथ दाहाल

काठमाडौं। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व सभापति होमनाथ दाहालको मिति २०८२ पौष २५ गते भएको दुःखद निधनप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ।


कार्यक्रममार्फत महासंघ काठमाडौं शाखाले स्व. दाहालको निधनले नेपाली पत्रकारिता क्षेत्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनले एक अनुभवी र अभिभावकीय व्यक्तित्व गुमाएको जनाएको छ।


श्रद्धाञ्जली कार्यक्रममा महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याल, केन्द्रीय सदस्य सूर्य सुवेदी, उपाध्यक्ष कमल राना,सहसचिव बिक्रम रत्न,सदस्य चेतनारायण बेलवासे लगायत शाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले स्व. दाहालले नेपाली पत्रकारिता र लोकतान्त्रिक मूल्य स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँको योगदान इतिहासमा सदैव अमिट रहने बताएका थिए।


महासंघ काठमाडौं शाखाका सहसचिव विक्रम रत्नले सञ्चालन गरेको उक्त कार्यक्रममा स्व. दाहालप्रति एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal