14:28:45 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

उम्मेदवारी फिर्ता लिनेकाे सङ्ख्या ४९, चुनावी रौनक बढ्दै

काठमाडौं। देशभरका विभिन्न निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार तोकिएको समयभित्र ती उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।


निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा देशभर कुल ३ हजार ४८७ जना उम्मेदवारले मनोनयन दर्ता गराएको जानकारी दिए। तीमध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगको तथ्यांक छ।


प्रवक्ता भट्टराईका अनुसार मनोनयन दर्ता भएका उम्मेदवारहरूमध्ये ५ जनाविरुद्ध दाबी विरोध परेको थियो। दाबी विरोधको प्रक्रियामा १ जनाको उम्मेदवारी खारेज भएको छ भने बाँकी ४ जनाको उम्मेदवारी यथावत् रहेको आयोगले जनाएको छ।


निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने तयारीसमेत गरिरहेको जनाएको छ। उम्मेदवारी फिर्ता र दाबी विरोधको प्रक्रिया सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया थप स्पष्ट दिशामा अघि बढ्ने आयोगको भनाइ छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal