14:29:41 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

सुन चाँदी दुवै ऐतिहासिक महँगीमा: एक सातामै तोलामा ५७ हजार ५ सय रुपैयाँ वृद्धि


काठमाडौं।
नेपाली बजारमा सुनको मूल्यले दैनिकजसो नयाँ रेकर्ड बनाउने क्रम जारी रहँदा आज फेरि भाउले अहिलेसम्मकै उच्च स्तर छोएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ। यो हालसम्म नेपाली बजारमा कायम भएको सबैभन्दा महँगो मूल्य हो।


यसअघि हिजो मात्रै सुनको भाउ ९ हजार ५ सय रुपैयाँ बढेर प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको थियो। लगातारको उकालो यात्राका कारण सुनको मूल्य गएका सात दिनमै ५७ हजार ५ सय रुपैयाँले बढेको तथ्यांकले देखाएको छ।

पछिल्ला दिनहरूको अवस्थाले बजारमा असामान्य तीव्रता देखाएको छ।
मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३ सय पुगेको थियो।
सोमबार भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो।
आइतबार २ हजार ४ सय रुपैयाँ वृद्धि भएको थियो।
शुक्रबार ९ हजार २ सय रुपैयाँले भाउ उकालो लागेको थियो।
गत बुधबार एकैदिन १० हजार ४ सय रुपैयाँ बढेको सुन बिहीबार भने २ हजार ९ सय रुपैयाँ ले घटेको थियो।
तर त्यो गिरावट क्षणिक सावित भयो र त्यसपछि मूल्य फेरि तीव्र गतिमा बढ्दै गएको देखिन्छ।

चाँदी पनि उच्चतम बिन्दुमा।
सुनसँगै चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको छ, जुन अहिलेसम्मकै उच्च दर मानिएको छ।

सुनको मूल्यमा यस्तो तीव्र वृद्धि भएपछि बजारमा मिश्रित प्रतिक्रिया देखिएको छ। उपभोक्ताको खरिद क्षमता कमजोर बन्ने चिन्ता बढेको छ। विवाह तथा चाडपर्वको तयारी गर्ने परिवारहरू थप आर्थिक दबाबमा पर्ने देखिन्छ। अर्कोतर्फ, केहीले सुनलाई सुरक्षित लगानीको रूपमा हेर्दै किन्ने रुचि पनि देखाइरहेका छन्।


निरन्तर बढ्दो मूल्यले अब सुन बजार सामान्य उतारचढावभन्दा बाहिर गएर असाधारण उकालो चक्रमा प्रवेश गरेको संकेत गरिरहेको छ। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र लगानी प्रवृत्तिको परिवर्तनले यस्तो अवस्था सिर्जना भएको हुन सक्छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal