14:28:55 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

ट्रम्पको दाबी : अमेरिका,इजरायल र इरान युद्ध अन्त्यको समझदारी अन्तिम चरणमा

काठमाडौं। अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अमेरिका–इजरायल र इरानबीच जारी तनाव तथा युद्ध अन्त्य गर्न समझदारी पत्र लगभग तयार भइसकेको बताएका छन्।

उनले सम्झौताका अन्तिम प्रावधानमाथि छलफल भइरहेको र छिट्टै औपचारिक घोषणा हुने संकेत दिएका हुन्।

मध्यपूर्वका विभिन्न राष्ट्र प्रमुखहरूसँग टेलिफोन संवाद गरेपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत सम्झौता निर्णायक चरणमा पुगेको बताएका हुन्।

उनले विशेषगरी विश्व ऊर्जा आपूर्तिको मुख्य मार्ग मानिने होर्मुज स्ट्रेट पुनः खुला गर्ने विषय समझदारीको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गरेका छन्।

ट्रम्पले कतार, साउदी अरब, यूएई, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेताहरूसँग छलफल गरेका थिए। साथै उनले इजरायली पप्रधानमन्त्री व्यन्जामिन नेतान्यहु सँग पनि छुट्टै वार्ता गरेका थिए।

पाकिस्तान र टर्कीको सक्रियता


सेहबाज सरिफ ले अमेरिका इरान संवादलाई सहज बनाउन पाकिस्तानले भूमिका खेलिरहेको बताएका छन्। उनले आगामी वार्ताको आतिथ्यता गर्ने आशा पनि व्यक्त गरेका छन्।


त्यस्तैरेचेप तैयप एर्दोगानले वार्ताको प्रगतिप्रति सकारात्मक प्रतिक्रिया दिँदै सम्भावित सम्झौताले होर्मुज स्ट्रेटमा स्वतन्त्र आवतजावत सुनिश्चित गर्ने बताएका छन्।

इजिप्टले पनि सबै पक्षलाई कूटनीतिक प्रयासलाई सफल बनाउन आग्रह गरेको छ।

आणविक कार्यक्रममै मुख्य विवाद

सम्झौता नजिक पुगेको ट्रम्पको दाबीबीच अमेरिकी र इरानी पक्षले भने सर्तहरू फरक ढंगले व्याख्या गरेका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार इरानले उच्च संवर्धित युरेनियम भण्डारण त्याग्ने प्रतिबद्धता जनाएको छ। तर त्यसको कार्यान्वयन र निरीक्षणबारे थप वार्ता हुन बाँकी छ।


उता इरानी अधिकारीहरूले भने प्रस्तावित समझदारीमा आणविक कार्यक्रमबारे कुनै स्पष्ट सहमति नभएको बताएका छन्। उनीहरूका अनुसार आगामी ३० देखि ६० दिनभित्र छुट्टै आणविक वार्ता हुनेछ।

इरानले समझदारी लागू भएमा निम्न कुराहरू हुनेछन्।

होर्मुज स्ट्रेट खुला गर्ने, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने,
विदेशमा रोक्का गरिएको २५ अर्ब डलर बराबरको सम्पत्ति फुकुवा गर्ने,
लेबनानसहित विभिन्न मोर्चामा युद्ध अन्त्य गर्ने दाबी गरेको छ।

धम्की र कूटनीति सँगसँगै

गत केही सातादेखि ट्रम्पले इरानप्रति दोहोरो रणनीति अपनाउँदै आएका छन्। एकातर्फ उनले सम्झौता नजिक पुगेको दाबी गर्दै आएका छन् भने अर्कोतर्फ इरानलाई सैन्य चेतावनी पनि दिँदै आएका छन्।

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ देखि इरानमाथि सैन्य दबाब बढाएका थिए। अप्रिलपछि युद्ध केही मत्थर भए पनि होर्मुज स्ट्रेट बन्द र अमेरिकी नाकाबन्दीका कारण तनाव कायम छ।


सम्झौताका मुख्य विवादित विषयहरू केके हुन?
इरानको आणविक कार्यक्रम, होर्मुज स्ट्रेटको नियन्त्रण,मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति,रोक्का गरिएको इरानी सम्पत्ति समावेश छन्।

अमेरिकाभित्रै विरोध

सम्झौताको औपचारिक विवरण सार्वजनिक नहुँदै अमेरिकाभित्र यसको विरोध सुरु भएको छ। रिपब्लिकन सिनेटर टेड क्रुजले सम्भावित सम्झौताले इरानलाई युरेनियम संवर्द्धन तथा आणविक क्षमता विस्तार गर्न छुट दिए गम्भीर गल्ती हुने चेतावनी दिएका छन्।

उनले ट्रम्पलाई सुरुदेखिको “रेड लाइन” कायम राख्न आग्रह गरेका छन।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal