14:28:41 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

संसद् टारेपछि गणतन्त्र दिवसमा पनि नबोल्ने भए प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह ले आगामी जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने गणतन्त्र दिवस मूल समारोहमा पनि सम्बोधन नगर्ने भएका छन्।

प्रधानमन्त्री शाहले मुख्यसचिवमार्फत् रामचन्द्र पौडेल लाई पत्र पठाएर समारोहलाई राष्ट्रपतिले नै सम्बोधन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको स्रोतले जनाएको छ।

यसअघि गत वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री शाह बीचमै उठेर बाहिरिएका थिए। त्यसयता उनी संसद् फर्किएका छैनन्।

संसद् भवन नजिकै रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेर संसद्को प्रत्यक्ष प्रसारण हेरेको भन्दै उनको आलोचना भइरहेको छ।

यसअघिका गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो। तर यसपटक प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने निर्णय गरेपछि त्यो परम्परा तोडिने भएको छ।

प्रधानमन्त्री शाहले यसअघि २०८२ चैत २६ गते भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गरेका थिए।

उक्त कार्यक्रममा उनले नवआयुक्त अधिकृतहरूलाई अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका थिए।

वि.सं. २०६५ साल जेठ १५ गते संविधान सभाले २३८ वर्ष पुरानो राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेपछि हरेक वर्ष गणतन्त्र दिवस मनाइँदै आएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal