17:11:29 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

सांसद श्रेष्ठले सुरु गरे समृद्ध नेपालका लागि समृद्धि संवाद

काठमाडौं। बागमती प्रदेशसभा सदस्य तथा नेकपाका केन्द्रीय कार्य संयोजन समिति सदस्य गंगानारायण श्रेष्ठको संरक्षकत्वमा ‘समृद्ध नेपालका लागि समृद्धि संवाद’ कार्यक्रम सुरु भएको छ।

आइतबार साँझ सामाजिक सञ्जाल टिकटक लाइभमार्फत कार्यक्रमको सुरुवात गर्दै देश विकासका लागि आवश्यक काम, नीति तथा योजनाबारे देश तथा विदेशमा रहेका युवापुस्तासँग संवाद थालिएको हो।

पहिलो दिनको छलफलमा नेकपाका केन्द्रीय कार्य संयोजन समिति सदस्यद्वय वर्षमान पुन र पम्फा भुसाल अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा करिब दुई हजार जना प्रत्यक्ष रूपमा जोडिएका थिए भने करिब तीन दर्जन युवाले देशको विकास र समृद्धिका विषयमा आफ्ना धारणा राखेका थिए।

कार्यक्रमका संरक्षक श्रेष्ठले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मसँगै भौतिक रूपमा समेत युवाहरूबीच छलफल र अन्तरक्रिया गर्दै देशको समृद्धिका लागि आवश्यक योजना तथा कामको पहिचान गर्ने उद्देश्यले ‘समृद्धि संवाद’ सुरु गरिएको बताए।

यसैबीच, कार्यक्रमको तर्फबाट रोल्पामा हालै गएको बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई सहयोगस्वरूप एक लाख रुपैयाँ प्रदान गरिएको छ। श्रेष्ठले उक्त रकम नेकपाका केन्द्रीय कार्य संयोजन समिति सदस्य तथा रोल्पाका प्रतिनिधिसभा सदस्य वर्षमान पुनलाई हस्तान्तरण गरेका हुन्।

श्रेष्ठले बाढीपहिरोबाट प्रभावित परिवारलाई थप सहयोग आवश्यक रहेको भन्दै कार्यक्रममा सहभागी हजारौँ व्यक्तिलाई सहयोगका लागि आह्वान गरे। उनले आगामी दिनमा पनि यस्ता मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal