15:11:24 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

गृहमन्त्री अर्याल र चिनियाँ राजदूतबीच भेट : ‘नेपाल एक चीन नीतिमा दृढ छ’

गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल एक चीन नीतिमा दृढ रहेको बताएका छन्।

मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा चिनियाँ राजदूत चेन सोङसँग शिष्टाचार भेटका क्रममा मन्त्री अर्यालले नेपालले चीनको सार्वभौमिकता, एकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनै पनि गतिविधि आफ्नो भूमिमा हुन नदिने प्रतिबद्धता जनाए।

उनले पञ्चशीलका पाँच सिद्धान्त र ७० वर्ष लामो कूटनीतिक सम्बन्धमा आधारित आपसी मित्रता तथा विश्वासको प्रशंसा गर्दै व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, कृषि, प्रविधि स्थानान्तरण र पर्यटन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल प्रतिबद्ध रहेको बताए।

भेटका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका प्राथमिक परियोजनाहरूलाई अघि बढाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal