15:11:21 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

प्रचण्डको आह्वान: निर्वाचन विथोल्ने प्रयास असफल पार्न सबै एकजुट हुनुपर्छ

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनलाई कुनै पनि किसिमका बाधा बिध्नबाट जोगाएर सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्। उनले सोसल मिडिया मार्फत स्टन्टबाजी गरेर जनतालाई भ्रमित पार्ने प्रवृत्तिलाई ‘रोग’को संज्ञा दिँदै आफ्नो पार्टी सही विचार र नीतिका आधारमा अघि बढ्न चाहेको स्पष्ट पारेका छन्।


शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान अनुसार सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन सोही मितिमै हुनुपर्नेमा जोड दिनुका साथै संसद पुनर्स्थापना भएर पुरानै सरकार बन्ने चर्चा भ्रमपूर्ण रहेको बताए। प्रचण्डले त्यस्ता कुरामा नपर्न सबैलाई आग्रह पनि गरेका छन्।


प्रचण्डले केही शक्तिहरूले निर्वाचन विथोल्ने प्रयास गरिरहेको आरोप लगाउँदै आम नागरिकलाई लोकतन्त्र र निर्वाचनको पक्षमा उभिन आह्वान गरे। “निर्वाचन नै आजको समाधान हो, अन्य विकल्पमा जानु देशका लागि झनै खतरनाक हुन सक्छ।

युवा पुस्ता (जेन–जी) को सन्दर्भमा प्रचण्डले उमेरले मात्र नेतृत्व तय नहुने बताउँदै समाज युवा, प्रौढ र अनुभवी पुस्ताको साझा समायोजनबाट अघि बढ्नुपर्ने धारणा राख्दै काठमाडौंको खुलामञ्च नागरिकका लागि खुला हुनुपर्ने माग राखेका थिए । सभा गर्न खुलामञ्च उपलब्ध नगराइनु लज्जाको विषय भएको भन्दै सरकार र काठमाडौं महानगरपालिकासँग यस्तो नगर्न आग्रह गरे।


उक्त सभामा प्रचण्डले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर प्रति टिप्पणी गर्दै आफूले लोकतन्त्रको ‘फूल’ भनेका नेताहरू विस्तारै ‘काँडा’ बन्दै जान लागेको जस्तो देखिएको अभिव्यक्ति दिनुका साथै इतिहास, आन्दोलन र शहीदको बलिदान बुझ्नुपर्ने भनाइ राखेका थिए।


त्यसैगरी उक्त कार्यक्रममा पार्टीका सह–संयोजक माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टी इमानदारीपूर्वक अघि बढिरहेको दाबी गर्दै देश विकासका लागि जनतासँग एकपटक मौका दिन आग्रह गरेका छन। गणतन्त्र स्थापना, संविधान निर्माण र विकासका काममा पार्टीले खेलेको भूमिकाको निष्पक्ष मूल्यांकन गर्न पनि उनकाे आग्रह थियो ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal