14:28:41 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

विप्लव एमाले निकट भएपछि उनको पार्टी विभाजन: मिलन सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति चयन


काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ। महासचिव विप्लवले क्रान्तिकारी कम्युनिष्ट पार्टीसँगको एकताभन्दा जेन्जी आन्दोलनबाट बिस्थापित सत्तारुढ दल एमालेसँग निकटता देखाएपछि, आफ्नो राष्ट्रिय भेलाले पार्टी पुनर्गठन गरेको नवनिर्वाचित महासचिव मिलन सीले रेड भोईसलाई जानकारी दिएका छन्।

काठमाडौंमा आज सम्पन्न राष्ट्रिय भेलाले मिलन सीलाई सर्वसम्मत महासचिव चयन गरेको छ। संसदीय राजनीतिमा आउन १२ वर्ष लागेका र क्रान्तिकारी कम्युनिष्ट पार्टीभन्दा नेकपा एमालेलगायतका पार्टीसँग नेतृत्वको निकटता देखाएपछि, राष्ट्रिय भेलाले पार्टी पुनर्गठन गरेको केन्द्रीय सदस्य शरद सीले जानकारी दिएका छन्।

पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको म्याण्डेट विपरीत नेतृत्व अगाडि बढेपछि, राष्ट्रिय भेला आयोजना गरिएको शरदले बताए। उनका अनुसार, भोलि काठमाडौंमा पत्रकार सम्मेलनमार्फत थप जानकारी सार्वजनिक गर्ने तयारी छ। शरदले पार्टीका बहुमत केन्द्रीय सदस्यको साथ रहेको दाबी पनि गरेका छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal