
२७ असोज, काठमाडौं । हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ।
युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ।
हालै हमासको नियन्त्रणबाट रिहा भएका बन्धकहरूको तस्वीर इजरायली सेनाले सार्वजनिक गरेको छ।
यी बन्धकहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्रमा भएको आक्रमणका क्रममा अपहरण गरी गाजा लगेको थियो।
सम्झौता अनुसार हमासले २० जना बन्धक रिहा गरेपछि इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दीलाई रिहा गर्नेछ।
यसबीच, हमासले बन्धक रिहा गर्ने सहमतिपछि नेपालका विद्यार्थी विपिन जोशीको रिहाइ हुने अपेक्षा गरिएको थियो।
तर, हालसम्म जोशीको अवस्थाबारे यकिन विवरण प्राप्त भएको छैन। उनलाई पनि हमासले २०२३ अक्टोबर ७ मै अपहरण गरी बन्धक बनाएको थियो