15:16:01 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

जनतासँगको प्रत्यक्ष संवादले योजनाबद्ध विकासमा नयाँ ऊर्जा थप्यो : गिरिराजमणि पोखरेल


महाेत्तरी। नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा उम्मेदवार गिरिराजमणि पोखरेलले महोत्तरी क्षेत्र नम्बर १ अन्तर्गत सञ्चालन भइरहेको जनभेटघाट अभियानले आफूलाई अझ जिम्मेवार र योजनाबद्ध ढंगले काम गर्न उत्साहित बनाएको बताएका छन।

नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका पोखरेलले दोस्रो चरणको जनभेटघाट अभियानअन्तर्गत तेस्रो दिन बर्दिवास नगरपालिका ५ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्। यस क्रममा उनले स्थानीय बासिन्दाको घरघरमै पुगेर समस्या, गुनासा र सुझाव सुन्दै आगामी प्राथमिकताबारे प्रत्यक्ष संवाद गरेका छन्।


निर्वाचन परिचालन समितिका अनुसार जनतासँगको भेटघाटमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र रोजगारीजस्ता आधारभूत आवश्यकता प्रमुख विषयका रूपमा उठेका छन्। उम्मेदवार पोखरेलले यी क्षेत्रलाई केन्द्रमा राखेर ठूला र दीर्घकालीन विकास योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाएका छन्।


“रोजगारी सिर्जना नगरी समृद्धि सम्भव छैन,” उनले जनभेटघाटका क्रममा बताएका छन्। घरदैलोमा पुगेर जनताको समस्या प्रत्यक्ष सुन्दा आफू अझ बढी जिम्मेवार बनेको उल्लेख गर्दै पोखरेलले योजनाबद्ध रूपमा बेरोजगारी न्यूनीकरण गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अघि बढ्ने बताएका छन्।


उनले गौशाला, भंगाहा र बर्दिवास क्षेत्रमा यसअघि सुरु भई अपूरा रहेका विकास योजनाहरूलाई पूर्णता दिने, साथै वातावरणमैत्री र दीर्घकालीन विकास रणनीतिमार्फत स्थानीय जनजीवनको स्तर गुणात्मक रूपमा सुधार गर्ने आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारेका छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal