14:33:49 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

ट्रम्पले इरानमाथिको सैन्य हमला रोके, वार्ताको संकेत

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको ठूलो सैन्य हमला तत्कालका लागि रद्द गरेको घोषणा गरेका छन्। इरान र मध्यपूर्वका केही देशहरूको आग्रह तथा प्रारम्भिक सम्झौतामा सहमति बनेपछि हमला रोकिएको ट्रम्पले बताएका हुन्।

ट्रम्पका अनुसार सम्भावित सम्झौतामा होर्मुज स्ट्रेट खुला गर्ने र इरानको आणविक कार्यक्रमसँग सम्बन्धित विषय समावेश छन्। साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले पनि संयम अपनाउन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सैन्य दबाबकै कारण इरान वार्तामा आउन तयार भएको दाबी गरेका छन्। तर इरानले अमेरिकामाथि सार्वजनिक रूपमा युद्धको धम्की दिने र गोप्य रूपमा वार्ताको प्रयास गर्ने भन्दै ‘दोहोरो चरित्र’ देखाएको आरोप लगाएको छ।

यद्यपि वार्ताको सम्भावना बढे पनि मध्यपूर्वमा तनाव कायमै छ। अमेरिकाले इजरायलमा थप सैन्य रिफ्युलिङ विमान पठाएको छ भने इराक र गाजामा पनि ड्रोन तथा हवाई आक्रमणका घटनाहरू जारी रहेका छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal