14:34:50 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

भोटेकोशी बाढीमा २ हजार ४२६ जना अझै सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म २ हजार ४२६ जना व्यक्ति सम्पर्कविहीन भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १३ गते बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ।

प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै जलविद्युत् आयोजनामा कार्यरत श्रमिक, सुरक्षाकर्मी तथा विदेशी नागरिकसमेत रहेका छन्। जलविद्युत् आयोजनाबाट मात्रै ९३३ जना सम्पर्कविहीन भएका छन्। त्यस्तै विदेशी नागरिक ५१७ जना, गैरआवासीय तथा विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

जिल्लागत रूपमा रसुवाबाट ५६२ जना, नुवाकोटबाट ११५ जना र मकवानपुरबाट ६५ जना सम्पर्कविहीन छन्।

सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका २७ जना, नेपाली सेनाका ४५ जना र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। यस्तै भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन छन्।

बाढीमा परी हालसम्म ६२६ जनाको शव फेला परेको छ भने १०१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।

खोजी, उद्धार तथा राहत कार्यका लागि १५ हजार २२४ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षा निकाय तथा सम्बन्धित निकायहरू परिचालन भइरहेका छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal