15:12:14 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

मोदी पुटिन चार वर्षपछि दिल्लीमा पुनर्मिलन, भारत रूस सम्बन्धमा नयाँ कूटनीतिक मोड

अमेरिकामाथि ‘दोहोरो नीति’ को आरोप: भारत भ्रमणमा पुटिनको कडा प्रतिक्रिया


नयाँ दिल्ली। भारतको चार वर्षपछि भएको उच्चस्तरीय भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको इन्धन नीति ‘दोहोरो’ भएको बताएका छन्। नयाँ दिल्ली आइपुगेपछि भारतीय टेलिभिजन ‘इन्डिया टुडे’लाई दिएको अन्तर्वार्तामा उनले अमेरिकाले आफैं रुसबाट युरेनियम खरिद गर्न थालेको तर भारतमाथि भने ऊर्जा आयात रोकिनुपर्ने भनेर दबाब दिनु अन्यायपूर्ण रहेको बताएका हुन्।

पुटिनले भने, “यदि अमेरिकाले रुसबाट इन्धन किन्न सक्छ भने भारतले पनि त्यो अधिकार पाउनु पर्ने नै हो।” उनले यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष कुरा गर्न आफू तयार रहेको टिप्पणी गर
प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमै पुगेर स्वागत गरेसँगै सुरु भएको यो भ्रमणले भारत रुस सम्बन्ध फेरि सक्रिय हुँदै गएको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।

ट्यारिफको दबाबमा घट्यो भारतीय आयात
अमेरिकाले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाए पछि अमेरिकाबाट आयात र निर्यात दुबै उल्लेख्य रूपमा घटेको देखिएको छ। सन् २०२५ को अक्टोबरमा मात्रै भारतमा रुसी तेल आयात ३० प्रतिशतले कम भएको तथ्याङ्क सार्वजनिक भएको थियाे। तर पुटिनले अस्थायी उतार चढावले रुस भारत ऊर्जा साझेदारी प्रभावित नहुने दाबी गर्दै भने, “हाम्रो सम्बन्ध युक्रेनको दु:खद परिस्थितिका कारण बदलिँदैन।”
यसैबीच, ट्रम्प प्रशासनले भारतलाई रुसी तेलका कारण “युक्रेन युद्धमा परोक्ष समर्थन गरेको” आरोप लगाउँदै आएको छ, जसलाई भारतले निरन्तर खण्डन गर्दै आएको छ। भारतीय अधिकारीहरूले यो अभियानलाई अमेरिकाको ‘दोहोरो मापदण्ड’ भनी व्याख्या गरेका छन्।।

मोदीप्रति पुटिनको प्रशंसा
भारतसँग व्यापार असन्तुलन घटाउन रुसले भारतीय उत्पादनको आयात बढाउने तयारी गरिरहेको पुटिनको भनाइ छ। उनले प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ दुवैलाई “दूरदर्शी नेता” भन्दै उच्च प्रशंसा गरे।
पुटिनको भनाइमा, “मोदीजी अत्यन्तै भरपर्दो नेता हुन्। भारत भाग्यमानी छ कि उसले यस्ता नेता पाएको छ।”

अमेरिकी दबाबको प्रभाव झनै स्पष्ट
अक्टोबरमा राष्ट्रपति ट्रम्पले भारतले रुसी तेल खरिदमा रोक लगाउन सहमति जनाइसकेको दाबी गरेपछि विषयले थप चर्चा पाएको थियो। तर भारतले आफ्ना उपभोक्ताको हित नै पहिलो प्राथमिकता भएको भन्दै कुनै पनि बाह्य दबाब स्वीकार नगर्ने स्पष्ट संकेत दिएको छ।
दिल्लीस्थित थिंक ट्याङ्क जीटीआरआईका प्रमुख अजय श्रीवास्तवका अनुसार, रुसबाट भारतको कुल आयात गत वर्ष भन्दा २७.७ प्रतिशतले घटेर ४.८ अर्ब डलरमा पुगेको छ। रोसनेफ्ट र लुकोइलजस्ता ठूला कम्पनीहरू प्रतिबन्धको लक्ष्य बन्दै गएपछि भारतले अब केवल प्रतिबन्ध सूचीबाहिर रहेका रुसी कम्पनीहरूबाट मात्र तेल ल्याइरहेको उनले बताए।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal