14:28:40 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

विचार र उद्देश्यप्रतिको आजीवन निष्ठा नै क्रान्तिकारीको पहिचान : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान अवस्थामा नेपाली कम्युनिस्ट आन्दोलनले धक्का खाएकाले पुष्पलाल र नरबहादुर कर्माचार्यजस्ता नेताहरूको योगदानबाट प्रेरणा लिएर आन्दोलनलाई पुनः जीवन्त बनाउन आवश्यक रहेको बताए।

प्रचण्डले राष्ट्रिय स्वाधीनतामाथि देखिएका चुनौतीको सामना गर्न, निरङ्कुश प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न तथा दृढ सङ्कल्पका साथ अघि बढ्न कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे।

उनले पुष्पलालका सहयोद्धा नरबहादुर कर्माचार्यले मजदुर आन्दोलन, वर्ग सङ्घर्ष तथा नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठित गर्न महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनको योगदान आज पनि प्रेरणादायी रहेको उल्लेख गरे।

प्रचण्डले केही वर्ष मात्रै सक्रिय हुनु वा त्याग गर्नु ठूलो कुरा नभएको भन्दै जीवनभर विचार, निष्ठा र उद्देश्यप्रति प्रतिबद्ध रहनु नै वास्तविक क्रान्तिकारीको विशेषता भएको बताए। उनका अनुसार नरबहादुर कर्माचार्यले जीवनको अन्तिम समयसम्म आफ्नो राजनीतिक आदर्श र क्रान्तिकारी मार्गमा अडिग रहँदै उदाहरणीय योगदान दिएका थिए।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal