15:12:39 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

श्रमिक गणेश नेपालीको मृत्युप्रति अन्टुफको शोक, प्रभावकारी छानबिनको माग

काठमाडौं। अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ ले राहदानी विभाग परिसरमा आत्मदाहको प्रयास गरेका युवा श्रमिक गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

महासंघका अध्यक्ष जगतबहादुर सिम्खडाद्वारा जारी प्रेस विज्ञप्तिमा स्वर्गीय नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

विज्ञप्तिमा श्रम, जीविकोपार्जन र भविष्यप्रतिको चरम निराशाले कुनै पनि श्रमिकलाई यस्तो पीडादायी कदम चाल्न बाध्य बनाउनु अत्यन्त दुःखद र चिन्ताजनक भएको उल्लेख गरिएको छ।

साथै, यो घटना केवल एक व्यक्तिको व्यक्तिगत पीडाको परिणाम नभई श्रमिक, बेरोजगार युवा तथा विपन्न नागरिकहरूले लामो समयदेखि भोग्दै आएका आर्थिक, सामाजिक र प्रशासनिक समस्याहरूको गम्भीर प्रतिबिम्ब भएको महासंघको ठहर छ।

महासंघले घटनाको निष्पक्ष, छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषी व्यक्ति वा निकायलाई कडा भन्दा कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal