14:40:14 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

६ महिनापछि सरकारले गर्‍यो १३ राजदूत सिफारिस

काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरू फिर्ता बोलाएको करिब ६ महिनापछि सरकारले नयाँ राजदूत पठाउने प्रक्रिया अघि बढाएको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

लामो समयदेखि अमेरिका, भारत, चीन, बेलायत र अस्ट्रेलियासहित १८ वटा देशमा राजदूत पद रिक्त रहँदा सरकारको कूटनीतिक प्राथमिकतामाथि प्रश्न उठ्दै आएको थियो। प्रधानमन्त्री स्वयं अमेरिका भ्रमणमा जान लाग्दा समेत त्यहाँ नेपाली राजदूत नियुक्त नभएको विषयमा आलोचना भएको थियो।

सरकारले राजदूत नियुक्तिका लागि खुला आवेदनसमेत आह्वान गरेको थियो। तर, आवेदन दिने उम्मेदवारको संख्या, सर्टलिस्टमा परेका नाम तथा छनोट प्रक्रियाबारे लामो समयसम्म जानकारी सार्वजनिक नगरिएपछि नियुक्ति प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको थियो।

कूटनीतिक रूपमा महत्वपूर्ण मुलुकमा पूर्णकालीन राजदूत नहुँदा द्विपक्षीय सम्बन्ध, लगानी प्रवर्द्धन, व्यापार विस्तार तथा विदेशमा रहेका नेपाली नागरिकलाई प्रदान गरिने सेवामा समेत असर पर्न सक्ने अवस्था थियो।

राजदूत नियुक्ति केवल प्रशासनिक प्रक्रिया नभई नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति, वैदेशिक लगानी, पर्यटन प्रवर्द्धन तथा विदेशमा रहेका नेपालीको हितसँग प्रत्यक्ष जोडिएको विषय हो। सरकारले करिब ६ महिनापछि नयाँ राजदूत सिफारिसको प्रक्रिया अघि बढाएको हो।

सिफारिस गरिएका राजदूतहरू:

१. डा. निश्चलनाथ पाण्डे — भारत

२. डा. कल्याणराज शर्मा — चीन

३. चिरनजंग थापा — संयुक्त राज्य अमेरिका

४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त अधिराज्य (यूके)

५. जिग्यान कुमार थापा — जापान

६. सुरेशकुमार कर्ण — इजरायल

७. प्राप्ति शेरचन — स्पेन

८. शारू जोशी — जर्मनी

९. डा. पद्माक्षी राणा — ओमान

१०. चूडामणि खरेल — मलेसिया

११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया

१२. डा. मंचल झा — श्रीलंका

१३. गिरीबहादुर सुनार — साउदी अरेबिया

Share Now
Facebook Messenger WhatsApp X Email
CNM Nepal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal