15:15:14 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

अञ्जली दिदीद्वारा सामूहिक भाइटीका: वसन्तपुरमा सयौँ दाजुभाइलाई लगाइन् टीका

काठमाडौं । हरेक वर्षझैं यस वर्ष पनि ‘अञ्जली दिदी’ले सामूहिक भाइटीका लगाइदिएकी छन्। वि.सं. २०५५ सालदेखि लगातार रूपमा सामूहिक भाइटीका कार्यक्रम गर्दै आएकी अञ्जली दिदीले यस वर्ष पनि कात्तिक ७ गते काठमाडौंको वसन्तपुर स्थित काष्ठमण्डप मरु सतल भित्रको गोरखनाथ परिसरमा सयौँ दाजुभाइहरूलाई भाइटीका लगाइन्।

कार्यक्रममा सहभागी दाजुभाइहरूलाई टीका लगाउँदै उनले सबैमा भ्रातृत्व र एकताको भावना विकास गर्नुपर्ने बताइन्। “हामीले कुनै भेदभाव बिना सबै दाजुभाइलाई टीका लगाएका छौँ,” उनले भनिन्, “सबै नेपालीमा यस्तै किसिमको भ्रातृत्वको भावना फैलिनु आवश्यक छ।”

उनका अनुसार स्वास्थ्यले साथ दिएसम्म उनले यो परम्परा निरन्तरता दिनेछिन्। “टीका लगाउनु नै ठूलो कुरा हो भन्ने सोचले दाजुभाइहरू आउनुहुन्छ,” उनले भनिन्, “सबैको दीर्घायु र चिरायुको कामना गर्दछु। शरीरले साथ दिएसम्म सामूहिक भाइटीका लगाइरहनेछु।”

वर्षौंदेखि निरन्तर हुँदै आएको अञ्जली दिदीको यो प्रयासले अनाथ, परिवारबाट टाढा रहेका वा दिदीबहिनी नभएका दाजुभाइहरूलाई पनि तिहारको माया र आशिष प्राप्त गर्ने अवसर दिँदै आएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal