15:16:00 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

महराकी छोरीको गम्भीर प्रश्न : महराप्रति माओवादीको धारणा के हो ?


नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व सभामुख कृष्णवहादुर महरा अहिले पुर्पक्षका लागि थुनामा छन। माओवादी जनयुद्धको समयमा पहिलो वार्ताकाे संयोजक महरानै थिए। शान्ति प्रक्रिया पछि प्रचण्ड पछिकाे नेतृत्व भनेर आम नेपालीले आकलन गरेका व्यक्ति पनि महरा हुन। उनै महरालाई अहिले सरकार परिवर्तन हुने बित्तिकै पक्राउ गर्ने र थुनामा पठाउने गरेको देखिन्छ। मानौँ कि महरा पक्राउ गर्नु र सपथ लिनु प्रत्येक सरकारको पहिलो काम हाे।

माओवादीमा कृष्णबहादुर महरा एमसीसीका विरोधी थिए। उनी सभामुख भएको बखत एमसीसी टेबल गर्न आन्तरिक र बाहिरी दुबै तिरकाे तिब्र दबाब परेको थियो तर उनलेे मानेनन्। उनले टेबल गर्न नमानेकै कारण त्यसबेला उनलाई फसाइएकाे कुरा नेपालीजनमा स्पष्ट छ। तिनै महरालाई बारम्बार पक्राउ गर्ने र अझै कमजोर बनाउने खेल चलिरहेका बेला उनकी छाेरी कुश्मा महराले फेसबुक मार्फत केहि प्रश्नहरु उजागर गरेकी छिन्माओवादीमा कृष्णबहादुर महरा एमसीसीका विरोधी थिए।

उनी सभामुख भएको बखत एमसीसी टेबल गर्न आन्तरिक र बाहिरी दुबै तिरकाे तिब्र दबाब परेको थियो तर उनलेे मानेनन्। उनले टेबल गर्न नमानेकै कारण त्यसबेला उनलाई फसाइएकाे कुरा नेपालीजनमा स्पष्ट छ। तिनै महरालाई बारम्बार पक्राउ गर्ने र अझै कमजोर बनाउने खेल चलिरहेका बेला उनकी छाेरी कुश्मा महराले फेसबुक मार्फत केहि प्रश्नहरु उजागर गरेकी छिन् ।

महाराकी छाेरीले प्रश्न गरेकी छिन मेरो बाबा सभामुख हुँदा एमसीसी टेबल नगर्दा सिध्याउने खोजिएको होइन ? हरेक सरकारले महरालाई नै निशाना बनाइ रहन्छ किन ? विभिन्न अनुसन्धानमा प्रमाण भेटिएको भए किन देखाइँदैन ? अमेरिकी डिजाइनमा माओवादी कमजोर बनाउने खेल किन नभन्ने ? नेतृत्वको रक्षामा प्रतिबद्ध महराबारे माओवादीको दृष्टिकोण के हो ? माओवादीमा अब जस्लाई पर्यो, उही मर्यो भन्ने ठाउँमा पुगेको हो ? कोभिडले आमा लग्यो, पीडाले दिदीलाई थल्यायो, अब हामी मर्नुपर्ने हो ? भनेर गम्भीर प्रश्नहरु गरेकी छिन। अहिले हेर्दा महरा परिवार एक्लो देखिएको छ। जनयुद्ध र शान्ति प्रक्रियामा राम्रो भूमिका खेलेका महराको बिषय माओवादी केन्द्रले ख्याल पुर्याउला त?


Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal