15:16:33 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

क्यासिनो माजोङ पाँचौंपटक बन्यो ‘बेस्ट क्यासिनो इन साउथ एसिया’

काठमाडौं। सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले पाँचौंपटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेकाे छ । अक्टोबर २४ मा भारतकाे राजधानी नयाँ दिल्ली स्थित ‘होटल दि अशोक’मा आयोजित २०औं टुरिजम, ट्राभल एन्ड हस्पिटालिटी अवार्ड कार्यक्रममा क्यासिनो माजोङलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो। अवार्डबाट क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्‍ठ सम्मानित भएका छन्। भारत सरकारका संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावतले श्रेष्‍ठलाई अवार्ड हस्तान्तरण गरे ।

क्यासिनो माजोङका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्‍ठ विगत २७ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध छन्। क्यासिनो, होटल तथा रिजोर्टस्, ट्राभललगायत व्यवसायमा उनको लगानी छ। उनको स्वामित्वमा रहेको क्यासिनो माजोङ नेपालकै नम्बर-१ क्यासिनो हो। क्यासिनो माजोङले बर्सेनि लाखौं विदेशी पर्यटक नेपाल भित्र्याउँदै आएको छ।

सोही समारोहमा क्यासिनो माजोङ नेपालगञ्‍जलाई ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्डबाट सम्मानित गरिएको छ। यस्तै, समारोहमा क्यासिनो माजोङ, नेपालगञ्‍जका महाप्रबन्धक निरजकुमार प्रधान ‘बेस्ट क्यासिनो जनरल म्यानेजर इन साउथ एसिया’ अवार्डबाट सम्मानित भएका छन्। गत वर्ष पनि प्रधानले उक्त अवार्ड प्राप्त गरेका थिए । त्यसअघि सन् २०२३ मा क्यासिनो माजोङ, काठमाडौंका महाप्रबन्धक अमूल्य राणाले उक्त अवार्ड प्राप्त गरेका थिए ।

नयाँदिल्लीमा आयोजना हुँदै आएको ‘हस्पिटालिटी अवार्ड’ कार्यक्रममा यसअघि सन् २०२४,२३,२२ र १९ मा क्यासिनो माजोङ नेपाल ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ र सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्डबाट सम्मानित भइसकेको छ। सन् २०२३ र २४ मा पनि क्यासिनो माजोङ नेपालगञ्‍जले ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड प्राप्त गरेको थियो। क्यासिनो माजोङ नेपालले पाएको यो दक्षिण एसियास्तरको प्रतिष्‍ठित अवार्ड हो।

भारतको राजधानी नयाँदिल्लीस्थित ‘हस्पिटालिटी इन्डिया पब्लिकेसन्स ग्रुप’ले बर्सेनि संसारभरका होटल र क्यासिनोहरूलाई अवार्ड वितरण गर्दै आएको छ। दक्षिण एसियाको हस्पिटालिटी क्षेत्रलाई प्रबर्द्धन गर्न उक्त अवार्ड कार्यक्रम आयोजना गरिँदै आएको छ। दक्षिण एसियामा बेस्ट हस्पिटालिटी कसले दिएको छ भनेर ‘हस्पिटालिटी इन्डिया’ले गम्भीर अध्ययनपछि अवार्डका लागि छनोट गर्छ। कुन क्यासिनोको कारोबार कस्तो छ अनि भिजिटरको संख्यालगायत पाटोमा ‘हस्पिटालिटी इन्डिया’ले अध्ययन गरेर अवार्डका लागि छनोट गर्छ। र, सम्बन्धित मुलुकको बजारमा कसको बढी क्रेज छ र कुन क्यासिनो लोकप्रिय छ भनेर अध्ययनपछि मात्र अवार्डका लागि छनोट गरिन्छ।

‘हस्पिटालिटी इन्डिया’मा भारतको पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरू, भारतको पर्यटन बोर्ड र भारतीय पर्यटन मन्त्रालयका अधिकारीहरू आबद्ध छन्। भारत पर्यटन विकास निगम लिमिटेडको यसमा विशेष संलग्‍नता छ। ट्राभल एन्ड हस्पिटालिटी अवार्डमार्फत पर्यटन उद्योगका विभिन्‍न क्षेत्रका कम्पनीहरूलाई अन्तर्राष्‍ट्रीय मान्यता प्रदान गर्ने गरिन्छ। उत्कृष्‍ट होटलहरू, क्यासिनोहरू, टुर अपरेटरहरू, स्पा एन्ड वेलनेस सुविधा प्रदायकहरू, रेस्टुराँ तथा प्रविधि र अन्वेषण कम्पनीहरूलाई उक्त अवार्ड प्रदान गरिँदै आएको छ।

नेपालमा रहेका दुई माजाेङ क्यासिनोमा हाल एक हजार मजदुरले काम गर्दछन भने तेस्रो क्यासिनोकारुपमा केहि समय पछि क्यासिनो म्याजाेङ बिरगंजमा खुल्नेकुरा ब्यबस्थापन पक्षले बताएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal