14:28:34 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

काठमाडौँ जिल्ला जनस्वास्थ्य कार्यालयको वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम सुरु

काठमाडौँ। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न स्वास्थ्य गतिविधिको समीक्षा गर्न वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम सुरु गरेको छ।

सोमबार सुरु भएको कार्यक्रममा स्वास्थ्य आपूर्ति महाशाखाका निर्देशक अर्जुन प्रसाद सापकोटा, काठमाडौँ महानगर र १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयका सतिस बिष्टले कार्यालयले हासिल गरेका उपलब्धि, चुनौती र आगामी योजनाबारे प्रस्तुतिकरण गरे।

त्यस्तै, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाद घिमिरेले मन्त्रालयका उपलब्धि र भावी योजनाबारे जानकारी दिए।

नेपाल पत्रकार महासंघ काठमाडौँ शाखा अध्यक्ष शोभा अर्यालले पत्रकार महासंघ नागरिक अगुवा संस्था हो, जनस्वास्थ्य जस्ता बिषयमा पत्रकार महासंघले जहिल्यै पनि चासो राख्दछ। स्वास्थ कार्यक्रमलागू गर्दा आवश्यक प्रचारत्मक सहयोग र सहकार्यका लागि शाखा तयार रहेको बताउनुभयो।

कार्यक्रममा काठमाडौँ जिल्लाका ११ वटै पालिका र निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, केएमसी, मनमोहन मेमोरियल अस्पताललगायत संस्थाहरूले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ।

कार्यक्रम जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बसन्त अधिकारीको अध्यक्षतामा भएको हो र भोलिसम्म जारी रहनेछ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal