14:28:45 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

नेपाली कम्युनिष्ट पार्टीद्वारा देशभर ‘एकता सन्देश सभा’ आयोजना गर्ने


काठमाडौं। केही दिन अघि १० कम्युनिष्ट घटककाे एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी रूपमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी एकता सुदृढीकरण तथा सांगठनिक अभियानलाई गति दिने उद्देश्यसहित आगामी मंसिर महिनाभर विभिन्न तहका सभा र कार्यक्रमहरू आयोजना गरिने पार्टीले जनाएको छ।

प्रदेशस्तरीय एकता सन्देश सभा : मंसिर ९ देखि १४ सम्म
नेपाली कम्युनिष्ट पार्टीले सबै प्रदेशमा क्रमिक रूपमा प्रदेशस्तरीय सभा आयोजना गर्नेछ। कार्यक्रमको तालिका यसप्रकार छः
सुदूरपश्चिम प्रदेश – मंसिर ९
कर्णाली प्रदेश – मंसिर १०
लुम्बिनी प्रदेश – मंसिर ११
गण्डकी प्रदेश – मंसिर १२
मधेश प्रदेश – मंसिर १३
१ नम्बर प्रदेश – मंसिर १४
बागमती प्रदेश – वागमती प्रदेशको कार्यक्रमकाे मिति पछि निर्धारण गरिनेछ।

जिल्ला स्तरीय सन्देश सभा : मंसिर १३ देखि २० सम्म
नेकपाकाे प्रदेशस्तरिय सन्देश सभा पश्चात जिल्लास्तरमा पनि एक प्रदेशका सबै जिल्ला एकैदिन सन्देश सभा गर्ने योजना बनाइएको उक्त पार्टीले जानकारी दिएको छ। जस अनुसार
बागमती प्रदेशका सबै जिल्ला – मंसिर १३
सुदूरपश्चिम प्रदेशका सबै जिल्ला – मंसिर १५
कर्णाली प्रदेशका सबै जिल्ला – मंसिर १६
लुम्बिनी प्रदेशका सबै जिल्ला – मंसिर १७
गण्डकी प्रदेशका सबै जिल्ला – मंसिर १८
मधेश प्रदेशका सबै जिल्ला – मंसिर १९
१ नम्बर प्रदेशका सबै जिल्ला – मंसिर २०

पालिका स्तरीय एकता सभा : मंसिर २७ गते
यसैगरी देशभरका सबै पालिकामा नेकपाले मंसिर २७ गते एकैदिन एकता सन्देश सभा गर्ने कार्यक्रम तय गरेको छ। पार्टी मुख्यालयले आवश्यकताको आधारमा मिति तथा मोडालिटीमा आवश्यक परे परिवर्तन गर्न सकिने जनाएको छ।

पार्टीका अनुसार यी सभाबाट संगठन एकता, राजनीतिक दिशानिर्देश तथा जनस्तरमा पार्टीको भूमिकालाई थप मजबुत बनाउने लक्ष्य राखिएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal