14:29:16 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

नेपाल पत्रकार महासंघका सल्लाहकारहरूको धारणा सार्वजनिक

काठमाडौं। नेपाल पत्रकार महासंघका सल्लाहकार गोविन्द आचार्य, विपुल पोखरेल र रमेश विष्टले महासंघको आगामी भूमिकाबारे गम्भीर धारणा प्रस्तुत गरेका छन्। उनले महासंघको विधान, संगठनात्मक संरचना तथा लोकतन्त्रका लागि संस्थाको जिम्मेवारीबारे आफ्नो विचार व्यक्त गरेका हुन्।

सल्लाहकारहरूका अनुसार, नेपालमा हुन लागेको आगामी निर्वाचनमा महासंघको भूमिका अत्यन्त नै महत्त्वपूर्ण रहनेछ। “देश निर्वाचनको तयारीतर्फ अघि बढिरहेको छ। लोकतन्त्रमाथि देखिएका चुनौतीका संकेतले स्वच्छ, स्वतन्त्र र निर्भीक वातावरणमा निर्वाचन सम्पन्न गराउन महासंघको जिम्मेवारी थप बढेको छ,” उनीहरूले बताएका छन्।

सल्लाहकारहरूले नेपाल पत्रकार महासंघलाई प्रमुख नागरिक अगुवा संस्था र लोकतन्त्रको रक्षकका रूपमा व्याख्या गरेका छन्। “महासंघको मूल दायित्व लोकतन्त्रको रक्षा गर्नु र नागरिक अधिकारको प्रवर्द्धन गर्नु हो। त्यसैले महासंघले विधिको शासन तथा प्रेस–अभिव्यक्ति स्वतन्त्रता पक्षमा स्पष्ट रूपमा उभिनुपर्छ,” उनीहरूको जोड छ।

त्यसैगरी, उनीहरूले महासंघको विधानअनुसार केन्द्रीय समितिको जिम्मेवारी र सल्लाहकारहरूको भूमिकालाई स्पष्ट गर्न आवश्यक रहेको बताए। “संगठनात्मक जीवनमा कहिलेकाहीँ समस्या आए पनि संवाद र विधिपूर्ण प्रक्रियाबाट समाधान गर्दै आएको छ, र यो अभ्यास निरन्तर रहनुपर्छ,” सल्लाहकारहरूको भनाइ छ।

उनीहरूले महासंघका सबै सदस्यको सहयोग र सक्रियताप्रति आभार व्यक्त गर्दै सिङ्गो कार्यसमितिसँग सहकार्यपूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal