14:40:39 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

शंकर दुलाल काठमाडौं–२ बाट सिफारिस

काठमाडौं । तत्कालीन एकीकृत माओवादीबाट भर्खरै टुक्रिएर बाबुराम भट्टराई समुह सहित मिलेर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुईमा स्थानीय शंकर दुलाल सिफारिसमा परेका छन्। काठमाडौंकाे उत्तरपूर्वी क्षेत्रमा शंकर दुलाल एक असल, सक्रिय तथा प्रतिबद्ध समाजसेवीका रूपमा परिचित नाम हाे। काठमाडौं जिल्लाको शङ्खरापुर नगरपालिका निवासी दुलाल सामाजिक सेवा, स्थानीय विकास र जनसरोकारका विषयमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका छन्।

दुलालले शिक्षा, स्वास्थ्य, युवा सशक्तीकरण, वातावरण संरक्षण र स्थानीय पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएका छन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुई र विषेश गरि  शङ्खरापुर नगरपालिका भित्रका विद्यालय सुधार, विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर सञ्चालन तथा प्राकृतिक विपद्का बेला राहत र उद्धारमा उनले देखाएको सक्रियताले उनलाई जनतामाझ विश्वासिलो समाजसेवीका रूपमा स्थापित गरेको छ।

स्थानीय तहमा विकासका योजना निर्माणदेखि कार्यान्वयनसम्म जनताको प्रत्यक्ष सहभागिता हुनुपर्छ भन्ने उनको धारणा छ। “राजनीति सेवा हो, सत्ता होइन” भन्ने मान्यताका साथ अघि बढेका दुलाल जनताको सुख दु:खमा सधैं साथ दिने समाजसेवीका  रूपमा चिनिन्छन्। यही कारण काठमाडौं क्षेत्र नम्बर दुईका विभिन्न समुदाय, युवा, महिला तथा बुद्धिजीवी वर्गबाट उनकोसिफारिसलाई  सकारात्मक रूपमा हेरेका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि दुलाललाई पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने सक्षम र इमानदार व्यक्तिका रूपमा सिफारिस गरेको जनाएको छ। पार्टीका नेताहरूका अनुसार दुलालले लोकतन्त्र, सामाजिक न्याय, समावेशी विकास र सुशासनको पक्षमा दृढतापूर्वक आवाज उठाउँदै आएकाे बताएको छन् ।

संघीय निर्वाचन नजिकिँदै गर्दा काठमाडौं २ मा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस्तो अवस्थामा दुलालको सिफारिसले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको स्थानीय मतदाताको  भनाइ छ। स्थानीय मतदाताले विकासमुखी, इमानदार र जनतासँग नजिक रहने उम्मेदवारको खोजी गरिरहेका बेला दुलाल एक उपयुक्त विकल्पका रूपमा देखिएको उनीहरूको धारणा छ।

आफ्नो सिफारिसप्रति प्रतिक्रिया दिँदै दुलालले अहिलेसम्म काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुईमा राजनीतिक दलहरूले स्थानीयलाई प्राथमिकता नदिएको र टुरिष्ट उमेदवारले यहाँको मर्म नबुझ्ने बताउदै प्रलोपाले स्थानीयलाई प्राथमिकता दिएकोमा धन्यवाद दिए। उनले  जनताको विश्वास र साथ पाएमा काठमाडौं–२ को समग्र विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। “जनताले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्नेछु,” उनले भने, “यो सिफारिस मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, समाजसेवामा लागेका सबैको सम्मान हो।”
शंकर दुलाल कला सांस्कृतिक ग्राम शंखरापुरका परिकल्पनाकार पनि हुन।

फागुन २१ गते हुन लागेको संघीय निर्वाचनले दुलालको राजनीतिक यात्रालाई नयाँ मोड दिने अपेक्षा गरिएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal