15:15:22 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

निर्वाचन ढुक्कसँग र शान्तिपूर्ण रूपमा हुन्छ: निर्वाचन आयोग

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन शान्तिपूर्ण र सुरक्षित वातावरणमै हुने विश्वास व्यक्त गरेका छन्।


निर्वाचन घोषणापछि सुरक्षाबारे केही जिज्ञासा रहे पनि अहिले त्यस्तो अवस्था नरहेको उनले बताए।
भदौमा भएको राजनीतिक घटनाक्रमपछि सुरक्षा चुनौतीबारे सरकार र सुरक्षा निकायसँग निरन्तर छलफल गरिएको आयोगले जनाएको छ।


दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षालाई केन्द्रमा राखेर तयारी गरिएको भण्डारीको भनाइ छ।
सरकार र सुरक्षा निकाय सक्षम देखिएकाले अब शान्ति सुरक्षाबारे धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे।
‘निर्वाचन ढुक्कसँग हुन्छ, शान्तिपूर्ण हुन्छ, कसैले बिथोल्न सक्दैन,’ उनले भने।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal