14:28:33 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

थाइल्याण्ड अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२६: दुई स्वर्णसहित नेपाललाई पाँच पदक

काठमाडौं। थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली खेलाडीहरूले प्रभावशाली प्रदर्शन गर्दै दुई स्वर्णसहित कुल पाँच पदक हात पारेका छन्। संयुक्त राष्ट्रअन्तर्गत शोतोकान कराते–दो सङ्गठन अन्तर्गत सहभागी नेपाली टोलीले स्वर्ण, रजत र कास्य पदक जित्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप सशक्त बनाएको हो।

पदक विजेताहरू यसप्रकार छन्:

स्वर्ण पदक
– मिङ्मार तामाङ (८०+ केजी)
– विवेन्द्र तामाङ (५५+ केजी)

रजत पदक
– सुशील लामा (५५+ केजी)
– निरमाया तामाङ (५०+ केजी)

कास्य पदक
– सुदर्शन बन्जारा (८०+ केजी)

प्रतियोगिताका क्रममा खेलाडीहरूले विभिन्न देशका प्रशिक्षक, निर्णायक र खेलाडीहरूसँग अनुभव आदान–प्रदान गर्ने अवसर पाएको बताएका छन्। यसले खेलकुदमार्फत मित्रता, सहकार्य र पारस्परिक सम्मान अभिवृद्धि गर्न सहयोग पुगेको उल्लेख गरिएको छ।

नेपाली टोलीको अनुशासित र सशक्त प्रदर्शनले देशको प्रतिष्ठा उकासेको भन्दै सहभागीहरूले आयोजकप्रति आभार व्यक्त गरेका छन्। टोलीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जनाउँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरेको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal