15:16:14 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

प्रेस सेन्टर नेपालको केन्द्रीय अनुशासन आयोगको कार्यवाहक संयोजकमा कृष्ण लेकाली

काठमाडौं। प्रेस सेन्टर नेपालले संगठनको केन्द्रीय अनुशासन आयोगको कार्यवाहक संयोजकको जिम्मेवारी वरिष्ठ सञ्चारकर्मी तथा संगठनका नेता कृष्ण लेकालीलाई प्रदान गरेको छ।

लामो समयदेखि पत्रकारिता र संगठनात्मक गतिविधिमा सक्रिय लेकालीलाई संगठनभित्र अनुशासन, जिम्मेवारी र संस्थागत मर्यादा कायम गर्न महत्वपूर्ण जिम्मेवारी दिइएको बताइएको छ।

लेकाली प्रेस सेन्टर नेपालभित्र अनुभवी तथा सक्रिय नेताका रूपमा परिचित छन्। उनी यसअघि उपत्यका सह इन्चार्जको भूमिकामा रहेर संगठन विस्तार, पत्रकारको हकहित र विभिन्न आन्दोलनमा सक्रिय रहँदै आएका थिए। संगठनात्मक समन्वय र नेतृत्व क्षमताका कारण उनलाई जिम्मेवार नेताका रूपमा हेरिने गरिएको छ।

त्यस्तै, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षदसमेत रहेका लेकालीले पत्रकारिता क्षेत्रको व्यावसायिक विकास, प्रेस स्वतन्त्रता तथा श्रमजीवी पत्रकारका अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्।

पत्रकार महासंघमा रहँदा उनले सञ्चारकर्मीको पेशागत सुरक्षा, मिडिया क्षेत्रमा देखिएका चुनौती तथा संगठनात्मक एकताका पक्षमा उल्लेखनीय भूमिका खेलेका थिए।


प्रेस सेन्टर नेपालले पछिल्लो समय संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने अभियान अघि बढाइरहेका बेला लेकालीलाई अनुशासन आयोगको कार्यवाहक संयोजकको जिम्मेवारी दिइएको हो।

संगठनभित्र अनुशासन कायम राख्ने, आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने तथा आवश्यक परामर्श र समन्वयको कामलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

जिम्मेवारी प्राप्त गरेपछि लेकालीले संगठनले दिएको विश्वासलाई इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रेस सेन्टर नेपाललाई थप व्यवस्थित, अनुशासित र सक्रिय संगठनका रूपमा स्थापित गर्न आफूले सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताए।

उनले पत्रकारिता क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै सञ्चारकर्मीबीच एकता, पेशागत मर्यादा र जिम्मेवार पत्रकारितालाई थप मजबुत बनाउन आवश्यक रहेको धारणा राखे। संगठनभित्र पारदर्शिता, अनुशासन र सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal