14:34:23 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

दुई बोरा मल ल्याउँदा भारतीय जेल पुगे सर्लाहीका दुई किसान, खेत बाँझै

काठमाडौं। विगतका वर्षहरूमा यतिबेलासम्म सर्लाहीको बलरा नगरपालिका–५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंहले आफ्नो साढे २ बिघा खेतमा रोपाइँ सकिसक्थे। तर यसपालि उनीहरूको खेत बाँझै छ भने दुवै दाजुभाइ २० दिनदेखि भारतीय जेलमा थुनिन बाध्य भएका छन्।


​देशभित्रै समयमा मल नपाएपछि रोपाइँका लागि मलको जोहो गर्न उनीहरू सीमावर्ती भारतीय बजार सोनवर्षा पुगेका थिए। त्यहाँबाट खरिद गरेर साइकलमा ल्याउँदै गरेको २ बोरा युरिया र ६ बोरा डीएपीसहित उनीहरूलाई गत १७ असारमा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले ‘मल तस्करी’ को आरोपमा पक्राउ गरेको हो।


​पक्राउ परेका दुवै दाजुभाइलाई सुरुमा सोनवर्षा थानामा राखिएको थियो। हाल उनीहरूलाई सीतामढी जिल्लाको डुमरास्थित कारागारमा पठाइएको छ।
​

झन्झटिलो कानुनी प्रक्रिया र अन्योल
​थुनामा रहेका नागेन्द्रका ज्वाइँ प्रवीन सिंहका अनुसार डुमरास्थित स्थानीय अदालतले २५ असारमा सोनवर्षा प्रहरीबाट घटनाको विवरणसहितका कागजात मगाएको भए पनि अहिलेसम्म धरौटी (बेल) मा छुट्न सकेका छैनन्।


​”अदालतका न्यायाधीश बिदामा रहेकाले अदालती प्रक्रियामा ढिलासुस्ती भइरहेको छ,” प्रवीनले भने, “हामी निरन्तर धाउन भने छाडेका छैनौं।”
​पारिवारिक स्रोतका अनुसार थानाबाट अदालतसम्म कागजात पुगे पनि भारतको झन्झटिलो र ढिलासुस्तीपूर्ण कानुनी प्रक्रियाका कारण उनीहरूको रिहाइमा अन्योल थपिएको छ।


​यसैबीच, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले दुवै किसान दाजुभाइ भारतमा पक्राउ परेको विषयमा गृह मन्त्रालयलाई औपचारिक रूपमा जानकारी गराइसकिएको बताएका छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal