14:41:24 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

कांग्रेस महाधिवेशन : आजदेखि वडा अधिवेशन, असोज १६ बाट केन्द्रीय महाधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज र भोलि देशभर वडा अधिवेशन हुँदैछ।

वडा अधिवेशनबाट वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुनेछन्। कांग्रेसको विधानअनुसार वडा सभापतिलाई वडासदस्य मनोनयन गर्ने अधिकारसमेत दिइएको छ।

जसअनुसार गाउँपालिकाका वडा सभापतिले पाँच, नगरपालिका तथा उपमहानगरपालिकाका वडा सभापतिले छ र महानगरपालिकाका वडा सभापतिले सात जना वडासदस्य मनोनयन गर्न पाउने व्यवस्था छ।

वडा समितिमा कम्तीमा एकतिहाइ महिला सदस्य अनिवार्य गरिएको छ। साथै, समावेशी सिद्धान्तअनुसार सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेछ। अल्पसंख्यक, अपांगता भएका व्यक्ति तथा युवाको प्रतिनिधित्वलाई समेत ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट वडासदस्य मनोनयन गर्नुपर्ने कांग्रेसको विधानमा व्यवस्था छ।

वडा अधिवेशनबाट गाउँ, नगर, उपमहानगर र महानगरपालिकाका क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिसमेत चयन हुनेछन्।

कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन सम्पन्न भएपछि असोज ७ गते जिल्ला अधिवेशन तथा असोज १० गते प्रदेश अधिवेशन हुनेछ।

त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुनेछ।

Share Now
Facebook Messenger WhatsApp X Email
CNM Nepal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal