14:34:23 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

कांग्रेस र एमाले गठबन्धन टुटेसँगै नयाँ सरकारको कसरत बागमती सरकारमा सत्ता समीकरण फेरिने संकेत

काठमाडौं। केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी अन्त्य हुने संकेतसँगै बागमती प्रदेशको राजनीतिक समीकरण पनि फेरिने भएको छ।

कांग्रेस नेतृत्वले एमालेसँगको सहकार्य अगाडि नबढाउने निष्कर्ष निकालेपछि बागमतीमा एक वर्षदेखि कायम सत्ता गठबन्धन अन्त्यतर्फ उन्मुख भएको हो। हाल प्रदेश सरकारको नेतृत्व कांग्रेसले गरिरहेको छ भने एमालेले पूर्वसहमतिअनुसार सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको थियो।

केन्द्रको निर्णयपछि कांग्रेस वर्तमान सरकार जोगाउने प्रयासमा छ भने एमाले नेकपासँग मिलेर नयाँ सरकार गठनको रणनीतिमा जुटेको छ। दुवै दलले बिहीबार नेकपासँग सरकार गठनबारे अनौपचारिक छलफल गरेका छन्।

नेकपा सांसद रत्नप्रसाद ढकालले दुवै दलबाट सरकार गठनबारे छलफलको प्रस्ताव आएको पुष्टि गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका भ्रमणबाट फर्किएपछि मात्रै औपचारिक निर्णय हुने बताए।

प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६ र एमालेका २५ सांसद छन्। कांग्रेस–नेकपा मिल्दा ६२ सांसदसहित स्पष्ट बहुमत पुग्छ। एमाले–नेकपा गठबन्धनसँग भने ५१ सांसद मात्रै हुने भएकाले सरकार बनाउन थप दुई सांसदको समर्थन आवश्यक पर्नेछ। राप्रपा (१२), नेपाल मजदुर किसान पार्टी (३) र हाम्रो नेपाली पार्टी (२) निर्णायक भूमिकामा देखिएका छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal