14:31:51 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात
Uncategorized

गुटेरेसद्वारा नेपाल र चीनमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

महासचिव गुटेरेसले बाढीका कारण धेरै मानिसको ज्यान गएको, केही बेपत्ता भएको तथा व्यापक क्षति पुगेकोप्रति दुःख व्यक्त गरेका हुन्। उनका प्रवक्ताले जारी गरेको वक्तव्यमा गुटेरेसले बाढीमा ज्यान गुमाएकाका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको उल्लेख छ।

उनले बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता जनाउँदै विपद्को यस घडीमा नेपाललाई सहयोग गर्न संयुक्त राष्ट्रसंघ प्रतिबद्ध रहेको बताएका छन्।

वक्तव्यअनुसार नेपालमा संयुक्त राष्ट्रसंघले विपद्को प्रभावको मूल्याङ्कन गर्नुका साथै तत्काल आवश्यक सहायता उपलब्ध गराउन सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यलाई सहयोग गरिरहेको छ।

बाढी प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेका छन्।

महासचिव गुटेरेसले उद्धार तथा राहत कार्यमा खटिएका आपतकालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै प्रभावित समुदायका लागि थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको दोहोर्याएका छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Surya Subedi

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal