15:12:14 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले नौ बुँदे निर्णय गर्दै नयाँ पार्टी घोषणा


काठमाडौं। राजधानीको भृकुटीमण्डपमा सम्पन्न एकता राष्ट्रिय सम्मेलनले ‘नेपाली कम्युनिष्ट पार्टी’ नामक नयाँ राजनीतिक शक्ति औपचारिक रूपमा गठन गरेको छ।

विभिन्न वाम दलहरूको सहभागितामा सम्पन्न उक्त सम्मेलनले नौ बुँदामा आधारित ऐतिहासिक प्रस्ताव पारित गर्दै एकताको प्रक्रिया संस्थागत गरेको हो।

सम्मेलनमा नेता वर्षमान पुन ‘अनन्त’ले प्रस्तुत गरेका प्रस्तावहरू प्रतिनिधिहरूले सर्वसम्मत रूपमा पास गरेका थिए।

सम्मेलनको प्रमुख निर्णय अनुसार अब सबै एकीकृत घटकहरू एउटै नाम, नीति र संगठनअन्तर्गत अघि बढ्ने भएका छन।

सम्मेलनले पारित गरेका ९ बुँदा निर्णयहरू:
१. वामपन्थी शक्तिहरूबीचको एकता प्रक्रियालाई औपचारिकता दिँदै ‘नेपाली कम्युनिष्ट पार्टी’ नामक नयाँ संगठन निर्माण गरिएको छ।
२. पार्टीको चुनाव चिह्न ‘पाँच कुने तारा’ रहने निर्णय गरिएको छ।
३. एकतामा सामेल सबै दलका सदस्यहरू स्वतः नेपाली कम्युनिष्ट पार्टीका सदस्य मानिने छन्।
४. सबै सहभागी दलका नेतासँग परामर्श गरी केन्द्रीय समिति र अन्य संरचना पूर्ण गर्ने कार्य अघि बढाइनेछ।
५. संगठनात्मक समायोजन तथा संरचना विस्तारका सबै अधिकार संयोजक र सह–संयोजकलाई प्रदान गरिएको छ।
६. विगतमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा माओवादी समाजवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि हुनेछन्।
७. सबै घटक दलहरूको चल–अचल सम्पत्ति, बैंक मौज्दात र दायित्वहरू नयाँ पार्टीको स्वामित्वमा रहनेछ।
८. पार्टीको घोषणापत्र पारित गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ।
९. पार्टीको विधान छलफल तथा सुझावसहित अनुमोदन गरी पारित गरिएको छ।
यस निर्णयसँगै नेपाली वाम आन्दोलनले एकता र पुनर्संरचनाको नयाँ चरणमा प्रवेश गरेको सम्मेलनले जनाएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal