15:16:13 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

बाँकेमा ७५ हातहतियार बुझाइए, ८१ वडामा मतदाता शिक्षा अभियान सुरु हुने

नेपालगञ्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा इजाजत प्राप्त ७५ थान हातहतियार प्रहरी समक्ष बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार ती हातहतियार इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमार्फत संकलन गरिएको हो।

सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको थियो। बुझाइएका हातहतियारमा भरुवा बन्दुक र बारबोरलगायत रहेका छन्।

यसैबीच, निर्वाचनको तयारीस्वरूप जिल्लाका आठ स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ।

निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार ८१ वडामा ८१ जना स्वयंसेवक परिचालन गरी गाउँगाउँमा मतदाता शिक्षा पुर्‍याइनेछ।

बाँकेमा तीन निर्वाचन क्षेत्र रहेका छन्। जिल्लामा कुल मतदाता संख्या तीन लाख ५० हजार ३७१ जना रहेको छ भने एक सय ३९ मतदान केन्द्र र चार सय मतदान स्थल रहेका छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal