15:15:22 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात
Uncategorized

विपद्को जोखिमलाई ध्यान दिँदै स्वास्थ्य संस्थालाई ‘हाई अलर्ट’मा रहन स्वास्थ्य सचिव गौतमको निर्देशन

काठमाडौं । हाल उत्पन्न विपद्जन्य परिस्थितिलाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले प्रदेशभरका स्वास्थ्य संस्थालाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

बागमती प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले सामाजिक सञ्जालमार्फत प्रदेशका सबै प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय तथा अन्य स्वास्थ्य संस्थालाई Rapid Response Team (RRT) र Emergency Medical Team (EMT) लाई पूर्ण तयारी अवस्थामा राख्न निर्देशन दिएकी हुन्।

सम्भावित आकस्मिक अवस्थाको प्रतिकार्यका लागि आवश्यक जनशक्ति, औषधि, स्वास्थ्य सामग्री तथा उपकरण पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न स्वास्थ्य संस्थाहरूलाई आग्रह गरिएको छ। साथै, उद्धार तथा आकस्मिक व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सुनिश्चित गर्नसमेत भनिएको छ।

सचिव गौतमले सम्बन्धित कार्यालय प्रमुखहरूलाई आफ्ना कार्यालय तथा मातहतका स्वास्थ्यकर्मी र कर्मचारीलाई ‘हाई अलर्ट’मा राख्न निर्देशन दिएकी छन्।

विपद्का समयमा प्रभावकारी प्रतिकार्यका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय, सूचना आदान–प्रदान तथा आकस्मिक व्यवस्थापनलाई प्राथमिकता दिनसमेत उनले आग्रह गरेकी छन्।

सम्भावित विपद्का कारण स्वास्थ्य सेवामा पर्न सक्ने असरलाई न्यूनीकरण गर्दै आकस्मिक अवस्थामा नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेशका स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिएको स्वास्थ्य सचिव गौतमले बताएकी छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
CNM Nepal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal